Mon Nov 28 2022
अन्तर्राष्ट्रिय

कतार विश्वकप आजबाट सुरु

काठमाडौं, आज आइतबारबाट कतारमा विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल सुरु हुँदैछ ।

कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।