Sat Dec 10 2022
Breaking News

माेरङकाे बुढीगंगा-१ मा बम बिष्फाेट हुँदा मतदान स्थगित

मोरङ क्षेत्र नं-६ को बुढीगंगा गाउँपालिका-१, करैया देवस्थल मतदान केन्द्रमा बम बिष्फोट भएको छ । बिष्फोटपछि केहीबेर यता मतदान स्थगित भएको छ । मतदान भइरहेका बेला ‘क’ मतदान केन्द्रको मतपेटिका राखिएको ठाउँमा माटो मुनिबाट अकस्मात् बिष्फोट भएको थियो ।

बिष्फोटपछि सो केन्द्रमा अहिले सेना परिचालन गरिएको छ । मतदान केन्द्रलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मतदान केन्द्र वरपर नेपाली सेनाको टोलीले स्क्रिनिङ गरिसकेपछि पुन: मतदान सुरु गरिने बताए ।

माेरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सुरूमा मतदान केन्द्र बाहिर पटाका जस्ताे फुटेकाे भन्दै ढाँटेका थिए । उनले अहिले मतदान केन्द्र नेपाली सेनाकाे टाेलीले स्क्उान गरिसकेकाले चाँडै मतदान सुरू हुने दावी गरे ।