Mon Nov 28 2022
देश

पूर्वसहमति नलिई मतदान स्थगित नगर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले पूर्वसहमति नलिन मतदान प्रक्रिया स्थगित नगर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ।

मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारु गर्न भनेको हो ।

आयोगले साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन समेत दिएको छ ।

स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिन समेत निर्देशन दिएको छ ।