Mon Nov 28 2022
देश

हुम्लाको डाँफे मतदान केन्द्रमा दुई समूहबीच झडप, असई घाइते

हुम्ला । हुम्लाकाे डाँफे आधारभूत विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएकाे छ ।

सत्ता गठबन्धनकै युवाको दुई समूहबीच झडप हुँदा मतपेटिका समेत फुटेकाे मतदान अधिकृत साजन ऐडीले जानकारी दिए । एक पक्षले अर्कैको नाममा भोट खसालेपछि विवाद सिर्जना भएको थियो ।

सोही क्रममा उत्पन्न विवादले उग्ररुप लिं‌दा मतदनस्थल सुरक्षाका लागि खटिएका एक जना प्रहरी सहायक निरीक्षक (असई) घाइते समेत भएको उनले बताए ।