Wed Dec 7 2022
देश

दोलखाको तामाकोशी गाउँपलिकामा गोली चल्यो, एक प्रहरी घाइते

दोलखाको तामाकोशी गाउँपलिकामा मतदानका क्रममा गोली चलेको छ । जिल्लाको तामाकोशी गाउँपालिकास्थित कालापानी मावि मतदानस्थल एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले १५ राउन्ड गोली चलाएको हो ।

झडपमा एक प्रहरी घाइते भएको प्रदेश प्रहरी कार्यालय बागमतीकी डीआइजी किरण बज्राचार्यले जानकारी दिइन् । प्रहरीमाथि दलका कार्यकर्ताहरूले ढुंगा प्रहार गरेको उनले जानकारी दिइन् ।

मतदानस्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरीको कमाण्डो फोर्स र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।