Wed Nov 30 2022
देश

नवलपुरको देवचुलीमा मतेपटिका जलाइयो

काठमाडौं । नवलपुरको देवचुली ४ झाक्रेमा रहेको शान्ति श्रृजना केन्द्रमा मतपेटिकामा आगलागी भएको छ ।

प्रदेशको समानुपातिक तर्फको मतपेटिकामा आगलागी भएको हो प्रहरीले जनाएको छ । त्यहाँ ९८० मत भएकोमा ७ सय मत खसिसकेको थियो ।

आगलागीमा संलग्न नारायण भण्डारी पक्राउ परेका छन् । अहिले त्यहाँ सर्वदलीय बैठक बसि पुनः मतदान गर्नेबारे छलफल भइरहेको छ ।