Mon Nov 28 2022
अन्तर्राष्ट्रिय

इजरायलमा दुई विस्फोट हुँदा एक किशोरको मृत्यु

जेरुसेलम, इजरायलको जेरुसेलमका बस पार्कहरुमा भएका दुई संदिग्ध बम आक्रमणमा एक किशोरको ज्यान गएको छ । अन्य १४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

मानिसहरू काममा गइरहेका बेला सहरको व्यस्त क्षेत्रमा बम विस्फोट भएको हो । पहिलो विस्फोटमा घाइते भएका १२ जनामध्ये एक किशोरको मृत्यु भएको थियो । दोस्रो विस्फोटमा तीनजना घाइते भएका थिए ।

एउटा आक्रमण स्थलमा इजरायलको आन्तरिक सुरक्षामन्त्रीले लामो समयदेखि यस्तो आक्रमण नदेखेको बताएका छन् ।