Thu Dec 1 2022
अन्तर्राष्ट्रिय

मुम्बईमा दादुराको बिरामी बढ्दै, १२ जनाको मृत्यु

काठमाडौं, महाराष्ट्रको मुम्बईमा दादुराका बिरामी बढ्दै गएका छन् । सहरमा दादुराका १३ जना नयाँ बिरामी थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

बृहन्मुम्बई महानगरपालिका (बीएमसी) का अनुसार यस वर्ष हालसम्म दादुराका २३३ केस आएका छन् र कुल १२ जनाको ज्यान गइसकेको छ ।

बीएमसीले प्रेस विज्ञप्ति जारी गर्दै बुधबार करिब ३० जना दादुराका बिरामी अस्पतालमा भर्ना भएको बताएको छ । योसँगै २२ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।