Tue Nov 29 2022
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या २६८ पुग्यो

एजेन्सी, इन्डोनेसियामा सोमबार आएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या २६८ पुगेको छ । यससँगै १५० भन्दा बढी बेपत्ता भएको बताइएको छ ।

यस भूकम्पमा इन्डोनेसियाको जाभा टापु सबैभन्दा बढी प्रभावित भएको छ । अहिले पनि यहाँ उद्धार जारी छ । भूकम्पका कारण भत्किएका भवनको भग्नावशेषमुनि पुरिएका मानिसहरूलाई उद्धार गर्ने प्रयासमा राहतकर्मीहरू खटिरहेका छन् ।

यससँगै पहिरो खस्ने घटना पनि बाहिर आएका छन् । भूकम्पपछि यस क्षेत्रमा हल्का धक्का महसुस भइरहेको छ । भूकम्पको केन्द्रविन्दु सियानजुर सहर नजिकै रहेको थियो ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मंगलबार भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । उनले भूकम्पबाट क्षति भएका घरहरुको पुनर्निर्माणमा सरकारले सहयोग गर्ने बताए ।