Wed Nov 30 2022
देश

फेवातालमा पौडी खेल्दा बेपत्ता युवती मृत अवस्थामा फेला

फेवा तालमा तालमा डुङ्गामा चढिरहेको अवस्थामा लाइफ ज्याकेट खोली पौडी खेल्ने क्रममा बेपत्ता भएकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । पोखरा महानगरपालिका–२२ स्थित फेवातालमा रामेछाप घर भई हाल काठमाडौं बस्ने वर्ष २५ वर्षीया अस्मिता खत्री शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।

गत आइतबार फेवा तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी उनको वडा प्रहरी कार्यालय बैदाम र डिएम गोताखोर समेतको संयुक्त टोलीले खोजी गर्ने क्रममा शव फेला पारेको हो । यता पर्वतको मोदी गाउँपालिका-६ तिलाहारस्थित खेतमा वतन नखुलेकी ४५ वर्षीया बल सुब्बा गुरुङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।