जोडिनुहोस
  • होमपेज
  • श्रीलंकाले भारतबाट दैनिक १० लाख अण्डा आयात गर्ने

श्रीलंकाले भारतबाट दैनिक १० लाख अण्डा आयात गर्ने

कोलोम्बो— श्रीलंकाले भारतको तमिलनाडुका पाँचवटा छनोट गरिएका कुखुरा फार्महरूबाट दैनिक १० लाख अण्डा आयात गर्ने भएको छ । यी अण्डाहरु मुख्यतया पश्चिमी प्रान्तमा ‘लङ्का सथोसा’ भनिने खुद्रा चेन मार्फत बेचिने श्रीलंकाली अधिकारीले बताएका छन् ।

राज्य इन्जिनियरिङ कर्पोरेशनका अध्यक्ष असिरी वालिसुन्दराले डेली मिररलाई भने, ‘पशु उत्पादन तथा स्वास्थ्य विभागका अधिकारीहरूको टोलीले गुणस्तर परीक्षणका लागि यी फार्महरूमा गएर प्रमाणीकरण गरेको हो ।

‘हामी अगष्टको पहिलो हप्ताबाटै ढुवानी प्राप्त गर्न सुरु गर्नेछौं। हाम्रो योजना प्रतिदिन १० लाख अण्डा ल्याउने छ,’ उनले भने ।

यसअघि श्रीलंकाले अण्डा निकासी गर्ने गरेको थियो ।

“अब, हामीले तिनीहरूलाई ठूलो बजारको लागि रिलिज गर्ने निर्णय गरेका छौं। प्रत्येक स्टकको नमूना परीक्षण पछि पशु स्वास्थ्य अधिकारीहरूले क्लियरन्स गर्न केही दिन लाग्छ, उनले भने।

अण्डा प्रति रु ३५ मा बिक्री हुने अनुमान गरिएको छ । हाल भाउ ६० रुपैयाँसम्म कायम छ ।

स्थानीय रूपमा कुखुराको दानाको अभाव र प्रतिबन्ध र महँगो मूल्यका कारण आयात गर्न नसक्दा श्रीलङ्काको पोल्ट्री उद्योग प्रभावित भएको छ । श्रीलंका पछिल्लो समयसम्म कुखुरा उत्पादनमा आत्मनिर्भर थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV