काठमाडौँ, न्युजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेर्नले राजीनामा गर्ने घोषणा गरेकी छिन् । बिहीबार पार्टीको वार्षिक ककस बैठकमा जसिन्डाले आफूमा अब काम गर्ने उर्जा नभएको बताउदै पद छोड्ने घोषणा गरेकी हुन् ।
गत २०२० को अक्टोबरमा मात्र पुनस् निर्वाचित भएकी जेसिन्डाले फेब्रुअरी ७ सम्म नयाँ प्रधानमन्त्री चयन हुने बताएकी छन् ।उनको कार्यकाल अब करिब एक बर्ष बाँकी रहेको बेला उनले पद छोड्ने घोषणा गरेकी हुन् ।