
क्यानबेरा, अस्ट्रेलियाको सङ्घीय सरकारले दर्ता नगरिएका वा गैरकानुनीरूपमा हासिल गरिएका हतियार सरकारलाई बुझाएमा कारबाही नगर्ने घोषणा गरेपछि १७ हजार ५४३ थान हतियार राज्यसरकारलाई प्राप्त भएको छ ।
सङ्घीय सरकारले शनिबार आममाफी कार्यक्रममा पहिलो वार्षिक प्रतिवेदन जारी गर्दै ती हतियार नागरिकले सरकारलाई बुझाएका बताएको हो ।
नरसंहारका घटना रोक्ने तथा नागरिक सुरक्षालाई सुदृढ तुल्याउने उद्देश्यले सन् २०२१ को मध्यमा आममाफीको घोषणा गरिएको थियो । बितेका एक वर्षमा ती हतियार सरकारलाई बुझाइएको प्रतिवेदनमा जनाइएको छ ।