
काठमाडौँ, अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा अन्धाधुन्ध गोली प्रहार भएको छ । अन्तर्राष्टिय सञ्चार माध्यमका अनुसार गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ ।
लुनार नयाँ वर्षको उल्लासका लागि मोन्टेरीमा हजारौं मानिसहरू भेला भइरहँदा गोली प्रहार भएको हो। गोली प्रहारबाट थुप्रै मानिस घाइते भएको पनि बताइएको छ । यद्यपि कति जना घाइते भए भन्नेबारे यकिन नभएको प्रहरीले जनाएको छ ।