
काठमाडौं, पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति छैटौं श्रेणीको पाएस डी कासेललाई ७(० गोल अन्तरले हराउँदै पीएसजी अन्तिम १६ मा पुगेको हो ।
पीएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गरे । उनले खेलको २९ औं,३४ औं,४० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
त्यसपछि एमबाप्पेले ५६ औं र ७९ औं मिनेटमा थप दुई गोल गरेका थिए । यस सिजन एमबाप्पेले सबैखाले प्रतियोगितामा २३ गोल गरिसकेका छन् ।