
काठमाडौं, प्रिमियर लिग क्लब एस्टन भिल्लाले स्ट्राइकर जोन डुरानलाई अनुबन्ध गरेको छ । एस्टनले सिकागो फायरबाट स्ट्राइकर डुरानलाई अनुबन्ध गरेको हो ।
१९ वर्षीय कोलम्बियन स्ट्राइकरलाई एस्टनले १८ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । डुरानले सिकागोका लागि २८ खेलमा ८ गोल गरेका थिए ।
कोलम्बियाका लागि उनले ३ खेल खेलिसकेका छन् ।