जोडिनुहोस
  • होमपेज
  • भेनेजुएलामा एक वर्षमा २ सय ३४ प्रतिशत मूल्यवृद्धि

भेनेजुएलामा एक वर्षमा २ सय ३४ प्रतिशत मूल्यवृद्धि

एजेन्सी, भेनेजुएलामा २०२२ मा महँगी २ सय प्रतिशतले बढेको छ । उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सोमबार एक बैठकलाई सम्बोधन गर्दै सन् २०२२ मा भेनेजुएला गहिरो र लामो आर्थिक संकटसँग संघर्ष गरिरहेको बताउँदै २ सय ३४ प्रतिशत महँगी बढेको बताएका छन् ।

अघिल्लो वर्षको आर्थिक मन्दीको असर अहिलेसम्म देखिएको उनको भनाई छ । रोड्रिग्वेजले टर्की र भेनेजुएलाका व्यापारी नेताहरूसँगको बैठकमा महँगीदरबारे बोलेका थिए । भेनेजुएलाको केन्द्रीय बैंकले कहिलेकाहीं आर्थिक डेटा प्रकाशित गर्छ, तर अक्टोबरदेखि महँगीको तथ्यांक दिएको छैन।

समाजवादी राष्ट्रपति निकोलस मादुरो र उनको सरकारले महँगीको दरलाई कम गर्दै, सार्वजनिक खर्च सीमित गर्ने र करहरू बढाउने जस्ता कठोर आर्थिक नीतिहरूका साथ उपभोक्ता मूल्यलाई नियन्त्रणमा राख्न कोसिस गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका