
काठमाडौं, काराबाओ कप फुटबलको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा न्युकासल युनाईटेडले जित निकालेको छ ।मंगलबार राति भएको खेलमा न्युकासलले साउथ ह्याम्पटनलाई १-० गोल अन्तरले हराएको हो ।
न्युकासलको जितमा जोइलिन्टनले निर्णायक गोल गरे ।
खेलको ७३ औं मिनेटमा जोइलिन्टनले गोल गरेका हुन् ।
यस्तै खेलको ८६ औं मिनेटमा डी कालेटा कारले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो ।