
पेसावर– पाराचिनारका पत्रकार मोहम्मद अली तुरीको घरमा अज्ञात व्यक्तिहरूले घरेलु ग्रिनेडले आक्रमण गरेका छन् । मोहम्मद अली तुरी स्थानीय रेडियो र एक निजी टिभी च्यानलका निर्माता हुन्।
आक्रमणबाट घरका कोठासहित घरका ढोका, झ्यालका सिसा र घरभित्र पार्किङ गरिएको गाडीमा क्षति पुगेको छ । तर, आक्रमणबाट कुनै पनि मानवीय क्षती भने भएन । स्थानीय पहिले घटनाको अनुसन्धान गर्न संयुक्त समिति पनि गठन गरिएको बताएको छ ।