
काठमाडौं, काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा युनाईटेडले नटिङघम फरेस्टलाई ३-० गोल अन्तरले हराएको हो ।
युनाईटेडको जितमा मार्कुस राषफोर्ड,वाउट वेगहर्स्ट र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे । खेलको छैटौं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।