
काठमाडौं, रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रदेश गरेको छ । बिहीबार राति भएको क्वाटरफाइनलमा एट्लेटिको मड्रिडलाई अतिरिक्त समयमा ३-१ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो ।
खेलको १९ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७९ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए ।