
काठमाडौं । सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा आयोजना हुने भएको छ ।
यस अघि कोपा अमेरिका इक्वेडरमा नोभेम्बरमा आयोजना हुने तय थियो । तर, इक्वेडर सरकारले आयोजना गर्न नसकिने जनाएपछि अमेरिकामा हुन लागेको हो ।
कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिका भन्दा बाहिर हुन लागेको हो । प्रतियोगितामा १६ टोलीको सहभागिता हुनेछ ।
यस अघि २०२१ को कोपा अमेरिका ब्राजिलमा आयोजना भएको थियो । उक्त संस्करण अर्जेन्टिनाले जितेको थियो ।