
भोजपुर । श्रीमती ४१ वर्षीया गंगा श्रेष्ठको हत्या गरेको अभियोगमा अरुण गाउँपालिका-२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञान बहादुर श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ज्ञान बहादुरले मादक पदार्थ सेवन गरी सामान्य विबादको कारण आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरि खाडलमा पुरेको भन्ने सूचना प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय भोजपुर, ईलाका प्रहरी कार्यालय तिवारिभन्ञ्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।