
जनकपुरधाम । मधेस प्रदेशका अर्थ मन्त्री संजय यादवले पदभार ग्रहण गरेका छन् । आइतबार उनले पदभार ग्रहण गरेका हुन् ।
उनले पहिलो कामको रुपमा प्रदेशको राजस्वलाई कसरी अभिवृद्धि गर्ने र बजेटमा भएको प्रावधान अनुसार चालु खर्च कटौती गरी पुँजीगत खर्च बढाउने आगामी कार्ययोजनामा हस्ताक्षर गरेका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवसँगै गत पुस २९ गते तीन मन्त्रीले शपथ लिएका थिए । गत बिहीबार उनीहरुको जिम्मेवारी पनि तोकिएको थियो ।
यसअघि जनमत पार्टीका बसन्त कुशवाहा भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र नेकपा एमालेका सरोजकुमार यादव भौतिक विकास पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका छन् ।