
काठमाडौं, घरेलु टोली भारतले न्युजिल्याण्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा रोमान्चक जित हात पारेको छ । लखनउमा भएको दोस्रो टी-ट्वान्टी खेलमा ६ विकेटको जित हात पारेको घरेलु टोलीले तीन खेलको टी-ट्वान्टी सिरिजमा १-१ को बराबरी गरेको छ ।
१ सय रनको लक्ष्य भारत १ बल मात्र बाकी रहॅंदा पूरा गर्यो । न्युजिल्याण्ड दिएको १ सय रनको लक्ष्य घरेलु टोलीले १९।५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
भारतका लागि सुर्यकुमार यादवले अविजित २६ रन बनाउँदा इशान किसनले १९ रन बनाए । कप्तान हार्दिक पाण्ड्याले अविजित १५ रन बनाउँदा राहुल त्रिपाटीले १३ रन बनाए ।