
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटमा मेयर शाहले महानगरको काम कारबाहीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएको बालुवाटार स्रोतले जनाएको छ । उक्त भेटमा मेयर शाहले केही स्थानमा काम गर्न समस्या परिरहेको भन्दै प्रधानमन्त्रीको सहयोग अपरिहार्य रहेको बताएका छन् ।