
काठमाडौँ, स्पेनका दुई ठूला क्लब बार्सिलोना र रियल मड्रिड कोपा डेल रेको सेमिफाइनलमै भिड्ने भएका छन् सेमिफाइनलको तालिका अनुसार ओसासुनाले एथ्लेटिको क्लबसँग खेल्नेछ भने बार्सिलोना र रियल आमनेसामने हुने भएका हुन्।
सेमिफाइनल खेल होम एण्ड अवे मैदानमा हुनेछ। फेब्रुअरी २८ मा रियल मड्रिडको मैदानमा र अप्रिल ४ मा बार्सिलोनाको घरेलु मैदानमा खेल हुनेछ। ओसासुनाले पहिलो खेल घरेलु मैदानमा र दोस्रो खेल एथ्लेटिक क्लवको मैदानमा खेल्नेछ।
यसअघि बार्सा र रियल स्पेनिस सुपर कपको फाइनल खेलेका थिए। रियललाई ३–१ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको थियो।