
जोहान्नेसबर्ग, दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तको केवर्चा सहरमा एउटा बर्थ डे पार्टीमा गोली चल्दा आठजनाको ज्यान गएको छ । अन्य चारजना घाइते भएका छन् ।
प्रहरीका अनुसार दुईजना अज्ञात बन्दुकधारीले क्वाजाफ्ले सहरमा एउटा हाउस पार्टीमा नाच्दै रमाइरहेकाहरूमाथि जथाभाबी गोली चलाएका थिए । अहिलेसम्म कसैलाई गिरफतार गरिएको छैन ।
आक्रमणकारीको खोजी कार्य जारी रहेको छ । मारिने र घाइते हुनेहरूको सनाखत हुन सकेको छैन । तर प्रहरीले मारिनेमा सो घरका मालिक पनि रहेको बताएको छ ।