जोडिनुहोस
  • होमपेज
  • बैतडीमा ४० वर्षीय पुरुष मृत फेला

बैतडीमा ४० वर्षीय पुरुष मृत फेला

बैतडी । बैतडीमा पासो लगाएर मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ। पाटन नगरपालिका-६ पैराड बस्ने ४० वर्षीय मदन राम पहरी घर भन्दा ३० मिटर टाढा भिमलको रुखमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला पारेका हुन् ।

मृतक पहरीकी श्रीमति धाना पहरीले फोनमार्फत जानकारी गराएपछि प्रहरी सहायक निरिक्षक नरेन्द्र राज भट्टराईको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको थियो।

शव जाँचका लागि मुचुल्का उठाई पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा लाश राखिएको बैतडी प्रहरीले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help