
एजेन्सी, अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई एफ-१६ लडाकु विमान दिन अस्वीकार गरेका छन् । सोमबार एक पत्रकारले अमेरिकाले युक्रेनलाई एफ-१६ विमान दिन लागेको हो भनेर प्रश्न गर्दा राष्ट्रपति बाइडेनले अस्वीकार गरेका हुन ।
बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई सबै सहयोग दिने घोषणा गरे पनि आफ्ना एफ–१६ लडाकु विमान दिन अस्वीकार गरेको जनाएको छ ।
एक दिनअघि मात्र जर्मनीले युक्रेनमा लडाकु विमान पठाउन अस्वीकार गरेको थियो ।