
काठमाडौं । डिजेल र पेट्रोलको भाउ भारतबाट बढेर आएको छ । ग्यासमा भने प्रतिसिलिन्डर ७५ रूपैयाँ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्ययाका अनुसार पेट्रोल प्रतिलिटर ८.१ रुपैयाँ, डिजेल ७.९८ रुपैयाँ, मट्टितेल ४.६१ रुपैयाँ मूल्य बढेर आएको छ । भने, हवाई इन्धन ७.८० रूपैयाँले बढेर आएको छ ।
मूल्य समायोजन नगर्ने हो भने १५ दिनमा निगमलाई ९ करोड ४१ लाख रूपैयाँ घाटा हुने बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा विगत एक महिनामा कच्चा तेलको भाउ प्रतिब्यारेल करिब ८ अमेरिकी डलरले बढेको छ ।