जोडिनुहोस
  • होमपेज
  • तालिबानद्वारा बहुमूल्य पत्थरको तस्करी गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

तालिबानद्वारा बहुमूल्य पत्थरको तस्करी गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

काबुल— तालिबानले दुई चिनियाँ नागरिक सहित ५ जनालाई १ हजार मेट्रिनक टन लिथियम जडित ढुंगा तस्करी गरेको आरोपमा पक्राउ गरेको छ ।

चिनियाँ नागरिकहरूले अफगानिस्तानबाट पाकिस्तान हुँदै चीनमा बहुमूल्य ढुङ्गा तस्करी गर्ने प्रयास गरेको स्थानीय सञ्चारमाध्यमलाई उद्दृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उनीहरुलाई पूर्वी अफगानिस्तानको सीमावर्ती सहर जलालाबादमा गिरफ्तार गरिएको हो । स्थानीय स्रोतहरूका अनुसार ती चट्टानहरूमा ३० प्रतिशत लिथियम रहेको छ र पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानका दुई प्रान्त नुरिस्तान र कुनारबाट ‘गोप्य रूपमा’ निकालिएको थियो।

डिसेम्बर १२ मा एउटा होटललाई लक्षित गरी बम र बन्दुक आक्रमण हुँदा पाँच चिनियाँ नागरिक घाइते भएपछि चीन र अफगानिस्तानबीचको सम्बन्धमा तिक्तता आएको छ ।

सन् २०२१ को अगस्ट १५ मा तालिबानले अफगानिस्तानमाथि कब्जा जमाएपछि चीनले भूपरिवेष्ठित राष्ट्रलाई मैत्रीपूर्ण सहयोग उपलब्ध गराउने तयारी गरेको थियो। चिनियाँ विदेश मन्त्रालयले पनि अफगानिस्तानमा रचनात्मक भूमिका खेल्ने लक्ष्य राखेको छ । (एएनआई)

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका