
काठमाडौं, भारतको आई लिगमा मुम्बई केन्क्रे एफसी र पन्जाब एफसीले बराबरी खेल्दै अंक बाडेका छन् । बुधबार राति भएको खेलमा केन्क्रे र पन्जाबले ३-३ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
केन्क्रेमा नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट र पन्जाबमा नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आबद्द छन् ।
अन्जन र किरण दुबै जना सुरुआती-११ मै मैदान उत्रिएका थिए । रोमान्चक खेलमा केन्क्रेका लागि रञ्जित पान्द्रेले दुई गोल गरे । अमन गायकवाडको नाममा एक गोल रह्यो ।
पन्जाबका चेन्जो ग्याल्जेन, नोचा सिंह र लुका मज्चेनले एक एक गोल गरे ।