![मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच भेट](https://sagarmatha.tv/wp-content/uploads/2023/02/nepal-malaysia-1024x558.jpg)
काठमाडौँ– मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेट गरेका छन् ।
मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच काठमाडौंको एक होटलमा भेट भएको हो । मलेसियाली गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दै छन् । ३ दिने नेपाल भ्रमणका क्रममा बिहीवार साँझ आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।