काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ । ७९ वर्षका उनी कमैलाई मात्र लाग्ने अमाइलोइडोसिस् रोगबाट पीडित थिए । र उनी ३ हप्तादेखि अस्पतालमा भर्ना भिए ।
पूर्व सेनाप्रमुखसमेत रहेका उनको निधनमा सेनाको मिडिया विङ्सले समवेदना सन्देश निकालेर भनेको छ, ‘अल्लाहले दिवंगत आत्मालाई शान्ति र शोक सन्तप्त परिवारलाई शक्ति दिउन् ।’