
जनकपुरधाम । सिरहाको लहानबाट सशस्त्र प्रहरीको इन्टिलिजेन्स ब्युरोले नक्कली लाखौं रुपैयासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लहान नगरपालिका १९ का ३० वर्षीय मोहम्मद ओसिन र सोही नगरपालिका १० का २२ वर्षीय मोहम्मद राज शेख रहेका छन् । उनी दुबै जनालाई शनिवार सांझ लहान नगरपालिका ८ बाट पक्राउ गरिएको छ ।
उनीहरुको साथबाट ४ लाख ३५ हजार नक्कली नेपाली रुपैयाँ र रुपैयाँ छाप्न प्रयोग गरिने कागजको बन्डल समेत बरामद गरिएको छ । उनीहरु आफै नक्कली रुपैया छापेर बजारमा सप्लाई गर्ने गरेको प्रहरीको अनुमान छ ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले ईलाका प्रहरी कार्यालय लहानको जिम्मा लगाएको छ ।