
सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा आगलागी हुँदा दुई घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। एउटा घरमा एक्कासि आगलागी भएको र अन्य दुई घरमा आगो सल्किएको हो।
वडा अध्यक्ष बलवीर शाहीले आइतबार दिउँसो छक्क सिंहको घरमा लागेको आगोले अन्य दुई घरमा क्षति पुर्याएको बताए। उनका अनुसार आगलागीबाट छक्क सिंह र काली सिंहको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। सुरसिंह सिंहको घरमा आंशिक क्षति पुगेको बताए। दुई जनाको घर पूर्ण रुपमा जलेर नष्ट भएको कारण के कति क्षति भएको छ त्यसको विवरण आउन सकेको छैन।
प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले आगलागी भएको क्षेत्रमा प्रहरी पुगेको जानकारी दिए। क्षतिको विवरण सङ्कलन भइरहेको उनको भनाइ छ।