
महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जिपले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय चार वर्षीया अंशुकुमारी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए । लोहारपट्टीबाट जनकपुरतर्फ जाँदै गरेको बा १२ च ५९२४ नम्बरको जीपले घर अगाडि सडक पार गर्ने क्रममा सहनीलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।