
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले दिएको एक एक भोट नर्बिसकेको बताएका छन् । आइतबार केन्द्रीय समिति र संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले सबै जनताको आशा, अपेक्षा र उमंगका साथ दिएको भोट नबिर्सिएको बताए ।
‘आजै मन्त्रीहरुले राजीनामा बुझाउनु हुनेछ । हामीले जनमतको कदर गर्दैछौं । हामीलाई नेपाली दाजुभाईले आशा अपेक्षा उमंगको भोट दिनुभएको छ । एक एक भोट बिर्सेका छैनौ’ लामिछानेले भने, कहिलेकाँही परिस्थितिले अर्कैतिर हुन्छ । देखिने र देखाइने कुरा बेग्लै हुन्छन् । त्यो आकाश जमिनको फरक रहेछ ।’