काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने भएका छन् ।
संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम गत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
१ महिना भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक बाध्यताका बिच रावलले आज विश्वासको मत लिनु पर्ने छ ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीकाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधवार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।
नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरेको छ ।