
काठमाडौं— नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बुधबार पत्रकार सम्मेलन गर्ने भएको छ ।
समसामयिक राजनीतिक विषयमा केन्द्रित पत्रकार सम्मेलन आज दिउँसो १ बजे काठमाडौंमा हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित सचिवालय, पोलिटब्युरो र केन्द्रीय सदस्य समेत सहभागी हुने भएका छन् ।
गत शनिबार विप्लवसहित प्रवक्ता विश्वकर्मा कपिलवस्तबाट काठमाडौं आएका थिए । त्यस लगतै माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रवक्ता कृष्णबहादुर महरा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटिसकेका छन् ।
कानुन मन्त्री ध्रुवबहादुर प्रधानसहित सत्ता साझेदार दलका नेताहरूलाई समेत भेट्ने कार्यतालिका बनाएको छ ।