
मेक्सिको । मेक्सिकोले टर्कीमा सोमबार गएको विनाशकारी भूकम्प भग्नावशेषमा बाँचेकाहरूलाई खोज्न मद्दत गर्न आफ्ना खोजकर्ता र उद्धार कुकुरहरू टर्कीमा पठाएको छ । मेक्सिकोका विदेश मामिला सचिव मार्सेलो एब्रार्डका अनुसार कुकुरहरू र तिनीहरूका ह्यान्डलरहरूसँगै बुधवार टर्की पुग्नेछन ।
‘हाम्रो उद्धार टोलीको तालिमप्राप्त कुकुरहरुसँगै टर्कीको भुकम्प भग्नावशेृषमा खोजका लागि पुग्नेछन,’ बिदेश सचिव एब्राडले भने । सो उडानमा मेक्सिकन सेनाका खोज र उद्धार विशेषज्ञहरूसहित तालिम प्राप्त कुकुरहरु पनि रहेका छन । उनीहरुले टर्कीको भग्नावशेषको खोजतलास गर्नुको साथै भग्नावशेष भित्र जीवित रहेका आंशकामा खोजी कार्य र उद्धारमा संलग्न हुनेछन ।