
काठमाडाैँ– नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ ।
लामो समयपछि बैठक आज विहीबार अपरान्ह ५ बजे बस्ने सो दलले जनाएको छ । माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रको स्थायी समिति बैठकले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।
आजको जुम बैठकमा पार्टीको आन्तरिक संगठनलाई प्रभावकारी बनाउने र राजनीतिक समस्या समाधानमा पार्टीको तर्फबाट खेल्नुपर्ने भूमिकाका बारेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशनसहितको धारणा राख्ने सो दलका नेताले बताएका छन् ।