
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । शुक्रबार बिहान सञ्चालक समितिको बैठक बसेर दिउँसो समीक्षा सार्वजनिक गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
बजारमा तरलता बढे पनि ब्याजदर घट्न नसकेको, ऋणको माग नआएको, ऋण तिर्न समस्या भइरहेका बेला राष्ट्र बैंकको अर्धवार्षिक समीक्षालाई महत्वका साथ हेरिएको छ ।
सेयर लगानीकर्तादेखि घरजग्गा कारोबारीसम्मले समीक्षा कुरिरहेका छन्। उद्यमी–व्यवसायीले ब्याज घटाउनुपर्ने र ऋण पुनर्तालिकीकरणका लागि समय दिनुपर्ने माग गरिरहेका छन् ।
बैंकरले पनि केही क्षेत्रमा माग बढाउनु पर्ने भन्दै सुझाव दिइसकेका छन् । राष्ट्र बैंकले भने आयात वृद्धि हुने गरी नीतिगत दरहरु नघटाउने संकेत गरेको छ ।