
दाङ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचन पछि सत्ता समिकरण फेरिने बताएका छन् ।
आज प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रपति निर्वाचन पछि यही सरकार कायमै रहनेमा आशङ्का व्यक्त गरेका हुन् ।
पुरानो गठबन्धन ब्युतिने नबुतिने यकिन भन्न नसकिए पनि यही समीकरण कायम नरहने सङ्केत देखिएको उनले बताए । प्रतिपक्षमा नरहने भए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले किन विश्वासको मत दिएको भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले यो प्रश्नको जवाफ राष्ट्रपतिको निर्वाचन पछि मात्र दिन सकिने बताए ।
राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने आशाले प्रचण्डलाई विश्वासको मत दिइएको उनको आशय थियो ।