
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ किलो लागूऔषधसहित चार जना थाई नागरिक पक्राउ परेका छन् ।
थाईलाइन एयरको उडान नम्बर २२१ बाट बैंकक जान लागेका चार जना थाई नागरिक ३५ किलो चरेससहित पक्राउ परेका हुन् ।
उनीहरूले सुटकेसमा फल्स बटन बनाई लागुऔषध चरेस लुकाइछिपाइ लैजान लागेको जनाइएको छ । पर्यटक भिसामा नेपाल आएका उनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनअराइभल भिसा लिएका थिए ।