
काठमाडौँ । नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले रामेछापबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–२ सिमपानी घर भएका २६ वर्षीय चेतबहादुर मगर भन्ने रबिन थापामगर छन् ।
माघ २७ मा १४ वर्षीय बालिकालाई फलामे पोखरी सामुदायिक वनमा नाबालिगलाई बलात्कार गरेर उनी फरार भएका थिए । अनुसन्धानपछि खाँडादेवी गाउँपालिका–१ स्थित खैरेनी पुलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय रामेछापले अनुसन्धान गरिरहेको छ ।