काठमाडौं । रासायनिक मलको मूल्यवृद्धि र सार्वजनिक ऋणको सावाँ ब्याजको भुक्तानी महँगिदा सरकारलाई एकैवर्ष ६७ अर्बको भार थपिएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिभिसभामा चालु आर्थिक वर्ष २०७९/८०को मध्यावधि समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य महँगिंदा थप स्रोत सुनिश्चित गर्नु पर्ने अवस्था आएको छ ।
आन्तरिक ऋणको ब्याजदर पनि महँगिएको उनले बताए । त्यसैगरी डलरमा भएको अधिमूल्यन र नेपाली मुद्रामा भएको अवमूल्यका कारण वैदेशिक ऋणको भुक्तानीको दायित्व पनि बढ्न पुगेको छ । यस्तो भुक्तानी वैदेशिक मुद्रामै गर्नुपर्छ । अर्थमन्त्री पौडेलले यिनै कारणले थप ६७ करोड थप बजेट व्यवस्था गर्नुपर्ने अवस्था रहेको बताए ।
पौडेलका अनुसार गत असारमा सररको सञ्चित कोष ६६ अर्ब २ करोडले ऋणात्मक रहेकोमा गत पुसमसान्तसम्म यो बढेर १ खर्ब ३९ अर्ब ३९ करोडको ऋणात्मक अवस्थामा पुगेको छ ।