
काठमाडौ । चालू आर्थिक बर्षको बजेटको आकार घटेर १५ खर्ब ५० अर्ब रूपैयाँ हुने अनुमान रहेको छ ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्बको बजेट ल्याएका थिए । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा पेश गरेको चालू आर्थिक वर्षको बजेट समीक्षामार्फत उक्त बजेटको आकार घटाएर १५ खर्बमा झारिएको हो । यस्तै राजस्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाइएको छ ।
यसअघि १४ खर्ब ३ अर्ब राजस्व संकलनको लक्ष्य लिइएको थियो । खर्च नहुने बजेट अर्थमन्त्रालयमा समर्पण गरेर पठाउनुपर्नेछ ।
पूर्णपाठ: