
काठमाडौँ । चालु आर्थिक वर्षमा रू.१७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बजेट विनियोजन गरिएकोमा २०७९ पुस मसान्तसम्म जम्मा रू.५ खर्ब ७६ अर्ब ३४ करोड ७८ लाख बजेटमात्र खर्च भएको छ ।आर्थिक वर्ष २०७९/८० को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसारयो कूल विनियोजनको ३२.१३ प्रतिशत हो।
चालुतर्फ रू.४ खर्ब ५५ अर्ब १२ करोड ७२ लाख अर्थात् ३८.४६ प्रतिशत, पुँजीगततर्फ रु.५३ अर्ब ४५ करोड ५२ लाख अर्थात् १४.०५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रू.६७ अर्ब ७६ करोड ५४ लाख अर्थात् २९.४४ प्रतिशत खर्च भएको छ । यस अवधिमा नेपाल सरकारको स्रोततर्फको रू.५ खर्ब ४० अर्ब ५५ करोड ६८ लाख खर्च भई गत आर्थिक वर्षभन्दा १३.७४ प्रतिशतले वृद्धि भएको छ ।
वैदेशिक अनुदानतर्फ रू.७ अर्ब २१ करोड ६७ लाख खर्च भई गत आर्थिक वर्षभन्दा १५.९९ प्रतिशतले वृद्धि भएको छ। वैदेशिक ऋणतर्फ रू. २८ अर्ब ५७ करोड ४३ लाख खर्च भएको छ जुन गत वर्षको तुलनामा १२.९८ प्रतिशतले वृद्धि हो।
समीक्षा अवधिमा कूल राजस्व रू.४ खर्ब ८३ अर्ब ७६ करोड सङ्कलन भएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म रू.३० अर्ब बराबरको आन्तरिक ऋण परिचालन भएको छ ।
प्रतिवेदन अनुसारचालु आर्थिक वर्षको बजेटमा वैदेशिक सहायता अन्तर्गत रू.२ खर्ब ९७ अर्ब ७१ करोड ९४ लाख परिचालन हुने लक्ष्य रहेकोमा रू.३५ अर्ब ७९ करोड १० लाख परिचालन भएको छ । समीक्षा अवधिमा विभिन्न विकास आयोजना / कार्यक्रमहरू कार्यान्वयनको लागि रू. १ खर्ब ३७ अर्ब १२ करोड बराबरको वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको छ ।